गृहपृष्‍ठ  |  प्रकाशन  |   ऐन तथा नियम  |  समाचार  |  कर्मचारी  |  ई-मेल  |  सम्पर्क  |  सुझाव
पृष्ठभूमी
बजार संजालको विकास, व्यवस्थित बजारिकरण तथा उत्पादित बस्तुको बजार सम्मको पहुँच स्थापित नभै निर्वाहमूखी पशुपालन क्षेत्रको व्यवसायिक रूपान्तरण प्रायः असम्भव देखिन्छ । व्यवस्थित बजारिकरणको अभावमा उत्पादन र वितरण प्रणाली मात्र प्रभावित हुने नभै खाद्य तथा पोषण सुरक्षण, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा समेत नकारात्मक असर पर्नजाने र अन्ततोगत्वा समग्र पशुपालन व्यवसायनै संकटग्रस्त हुन सक्दछ । तथापी सरकारी निकायहरूबाट विगतमा संचालित पशु विकास कार्यक्रमहरू प्रायः उत्पादन अभिबृद्धी गर्नेतर्फ परिलक्षित रहने गरेकाले पशुपंक्षी बजार पूर्वाधारहरूको विकास र व्यवस्थित बजारिकरणले अपेक्षित गति लिन सकेको पाईंदैन । यसर्थः पशुपंक्षी बजारीकरणको आवस्यक्ता र महत्वलाई आत्मसात गरी पशुपंक्षी बजार प्रवर्द्धनात्मक कार्यक्रमहरू घनिभूत, प्रभावकारी एवं परिणाममूखी ढंगले संचालन गर्नका लागी आ.ब. २०५७÷०५८ देखी पशु सेवा विभाग मातहत पशुपंक्षी बजार प्रवर्द्धन निर्देशनालयको स्थापना गरियो । खासगरी पशु तथा पशुजन्य पदार्थको उत्पादन पश्चात उपभोगको अवस्था सम्मका विविध गतिविधीहरू जस्तैः संकलन, भण्डारण, ढुवानी, प्रशोधन, प्याकेजिङ्ग जस्ता मूल्यश्रृखलामा आधारित विविध कार्यहरू एवं गुणस्तर कायम गर्न सघाउ पुग्ने किसिमका गतिबिधहरूमा यस निर्देशनालयले कृषक, उद्यमी, व्यवसायी, संस्था, फर्म, कम्पनी, सहकारी, व्यवसायिक संघसंगठन र स्थानिय निकायहरू संगको साझेदारी र सहकार्यमा कार्यक्रम संचालन गर्ने गर्दछ ।यसका अतिरिक्त विद्यमान ऐन, कानूनहरूको प्रभावकारी कार्यान्वयनका लागी आवस्यक पृष्ठभूमी तयार गर्ने तथा निजीक्षेत्रका उद्यमी, व्यवसायीहरूको पशु सेवा विभाग संगको सम्पर्क बिन्दुका रूपमा समेत यस निर्देशनालयले कार्य गर्दछ ।

गृहपृष्‍ठ  |  प्रकाशन  |   ऐन तथा नियम  |  समाचार  |  कर्मचारी  |  ई-मेल  |  सम्पर्क  |  सुझाव