गृहपृष्‍ठ  |  प्रकाशन  |   ऐन तथा नियम  |  समाचार  |  कर्मचारी  |  ई-मेल  |  सम्पर्क  |  सुझाव
कार्यनीति

पशुपंक्षी बजार प्रवर्द्धनात्मक कार्यक्रमहरू खासगरी तराई क्षेत्रमा बर्षौंदेखी संचालित पशु हाटबजारहरूमा आवश्यक पूर्वाधारहरूको विकास गर्दै मध्यपहाडी भेगमा अवस्थित पशु उत्पादन पकेटहरूलाई लक्षित गरी पशु संकलन केन्द्रहरूको स्थापना गर्ने तथा उत्तर÷दक्षिण लोकमार्ग आसपासका त्यस्ता पशु संकलन केन्द्रहरूलाई प्रमुख हाटबजार संग आबद्ध गराई पशु तथा पशुजन्य पदार्थको सकृय बजार सन्जाल विकास गर्नेतर्फ परिलक्षित हुनेछन् । त्यसैगरी नगरपालिका तथा नगरोन्मुख बस्तिहरूमा व्यवस्थित पशु बधशाला वा पशु बधस्थलहरूको निर्माण र सन्चालन संगै मासुपसल सुधारको कार्क्रमलाई प्राथमिकताका साथ संचालन गरी स्वच्छ, स्वस्थ एवं गुणस्तरिय मासु उत्पादन, बिक्रिवितरण र उपभोग प्रवर्द्धन गरिनेछ । यसका अतिरिक्त दूध उत्पादन र उपभोगका दृष्टिकोणले अग्रणी रहेका स्थानहरूमा सन्चालन गरिने साना डेरी उद्योग प्रवर्द्धन, चिलिङ्गभ्याट स्थापना र डेरीपसल सुधारका कार्यक्रमहरू मार्फत दुग्ध बजारको समय सापेक्ष स्तरोन्नती गर्दै व्यवसायिक दिगोपन सुनिश्चित गरिनेछ ।अर्कोतर्फ उच्च पाहाडी भेगका नेपाली पहिचानयुक्त पशुजन्य उत्पादनहरू खासगरी याक चिज, पश्मिना, राडीपाखी, गलैंचा आदीको यथेष्ट बजारिकरण हुन नसकेकाले त्यस्ता उत्पादनहरूको बजार प्रवर्द्धनात्मक कृयाकलापहरू समेत प्राथमिकताका साथ संचालन गरिनेछ ।

 

शुसूचित निर्णय प्रकृयामा बजार सूचाहरूको महत्वलाई मनन् गरी बजार मूल्य सूचनाहरू संकलन र प्रकाशन गर्ने, पशुजन्य उत्पादनहरू जस्तै दूध, फुल, मासुको माग र आपूर्तीको प्रक्षेपण गर्ने तथा सूचना प्रबिधिको उपयोग गर्दै तथ्याङ्क अध्यावधिक गर्नेतर्फ पनी निर्देशनालयले प्रयाप्त ध्यान दिनेछ । त्यसबाहेक पशुपालन व्यवसायलाई निर्धारित मापदण्ड मूताविक व्यवस्थित रूपमा संचालन गरि आम उपभोक्ताहरू माझ गुणस्तरिय पशुजन्य उत्पादनहरूको उपलब्धता सुनुश्चित गर्दै समग्र पशुपालन क्षेत्रको विकासमा टेवा पुग्ने किसिमका सचेतनामूलक अन्तरक्रिया, गेष्ठी, तालिम, भ्रमण तथा आम सन्चारका माध्यमहरूबाट हुने सूचना प्रवाहले समेत उत्तिकै प्राथिमकता पाउनेछ ।

 

जनस्वास्थ्य तथा वातावरणलाई प्रतिकुल असर नपर्ने गरी उपभोक्ताहरूलाई स्वच्छ, स्वस्थ एवं गुणस्तरिय पशुपंक्षी तथा पशुपंक्षीजन्य पदार्थहरू उपलब्ध गराउनका लागी उत्पादन, प्रशोधन, भण्डारण, ढुवानी र बिक्रिवितरणमा निरन्तर सुधारको आवश्यक्ता रहन्छ । यस्का लागी त्रिबर्षिय अन्तरिम योजना २०७०÷०७३, कृषि व्यवसाय प्रवर्द्धन निती २०६३, दूग्ध विकास रणनिती २०६४ र राष्ट्रिय कृषि निती २०६१ ले निर्दिष्ट गरे बमोजिम सार्वजनीक निजी साझेदारीको अवधारणा अनुरूप स्थानिय निकाय, सहकारी संस्था, व्यवसायिक संघसंगठन, कृषक, उद्यमी, व्यवसायी, संस्था, फर्म, कम्पनीहरू संगको सहकार्यमा पशुपंक्षी बजार प्रवर्द्धनात्मक कार्यक्रमहरू लागत साझेदारीमा सन्चालन गर्ने कार्यनिती अख्तियार गरिनेछ ।


गृहपृष्‍ठ  |  प्रकाशन  |   ऐन तथा नियम  |  समाचार  |  कर्मचारी  |  ई-मेल  |  सम्पर्क  |  सुझाव